• २०८१ जेष्ठ ३० गते बुधवार

सिन्धुपाल्चोकको जुगलमा पहिरोले १३ वटा घर पुरिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोको जुगल गाउँपालिका–२ लिदीको लामा टोलमा सुख्खा पहिरो गएको छ । शुक्रबार बिहान साढे ६ बजे पहिरोले १३ घर पुरिएको हो।

तस्बिर : सामाजिक संजाल

सिन्धुपाल्चोक प्रहरी प्रवत्ता डिएसपी माधव प्रसाद काफ्लेका अनुसार शुक्रबार बिहान साढे ६ बजेको समयमा सुख्खा पहिरो गएको हो । प्रहरीहरु परिचालन गरिएपनि निकै दुर्गम ठाउँ भएकाले प्रहरी पुग्न पनि समय लाग्ने उहाँले बताउनु भयो । अन्य सुचना आउन बाँकी रहेको उहाँले बताउनु भयो । मानवीय क्षतिको विवरण आइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस