• २०८१ चैत्र २ गते आइतवार

अश्लिल भिडियो वेबसाइटमा अपलोड गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, काठमाडौं । पो’र्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

चितवनकी १७ वर्षीया किशोरीको अ’श्लिल भिडियो पो’र्न साइटमा राखेर साइबर अपराध गरेको भन्ने सूचना एवं निवेदनको आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले श्रेष्ठले अन’धिकृत रुपमा ब्लुसंसार डटकम नामको पो’र्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट जिल्ला अदालत काठमाडौंमार्फत म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस