• २०८१ जेष्ठ ६ गते आइतवार

उपत्यकामा आज हुने कार्यक्रमहरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ३०, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरु निम्न अनुसार छन ।

१. श्रमजीवीहरु,सञ्चारकर्मीहरु र पत्रकारहरुले प्रेस कान्तिपुर दैनिक बिजनेश पार्क थापाथलीमा धर्ना तथा विरोध प्रदर्शन गर्ने ।
स्थानः कान्तिपुर दैनिक बिजनेश पार्क थापाथली ।
समयः १०ः०० बजे ।

२. कान्तिपुर प्रा.लि.मा कार्यरत मजदुरहरुले धर्ना कार्यक्रम गर्ने । सो धर्ना कार्यक्रममा सम्पूर्ण मजदुरहरु उपस्थित हुने ।
स्थानः क्रान्तिपुर कम्प्लेक्स तिनकुने, काठमाडौं ।
समय १०ः०० बजे ।

३.राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने ।
स्थानः संघीय संसद सचिवालय, सिंहदरबार ।
समयः ११ः०० बजे ।

४. महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थानः संघीय संसद सचिवालय,सिंहदरबार ।
समयः ११ः०० बजे ।

५.कृषि,सहकारी तथा प्राकृति स्रोत समितिको वैठक बस्ने ।
स्थानः समितिको सभाकक्ष, सिंहदरबार ।
समयः ११ः०० बजे ।

६.सार्वजनिक लेखा समितिको बैठक बस्ने ।
स्थानः समितिको सभाकक्ष, सिंहदरबार ।
समयः ११ः०० बजे ।

७.राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने ।
स्थानः संघीय संसद सचिवालय, सिंहदरबार ।
समयः १३ः०० बजे ।

८. दिगो विकास तथा सुशासन समितिको वैठक बस्ने ।
स्थानः समितिको सभाकक्ष, सिंहदरबार ।
समयः १३ः०० बजे ।

९. कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने ।
स्थानः देशभर ।
समयः नखुलेको ।

१०.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थाः देशभर ।
समयः नखुलेको ।

११.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थानः देशभर ।
समयः नखुलेको ।

प्रतिक्रिया दिनुहोस