• २०८१ साउन १ गते मङ्गलवार

कोरोनाको कहर : आईपासद्धारा स्वास्थ्यचौकिलाई स्वास्थ्य सामग्री सहयोग

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ३२, मुगु । हिमाली जिल्ला मुगुमा जिल्लाको एक संस्थाले जिल्लाका ८ वटा स्वास्थ्य चौकिलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लाका छायानाथ रारा नगरपालिकाका ढुंगेधारा स्वास्थ्य चौकि र जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुलाई सहयोग गरेको हो ।

त्यस्तै जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाका जिमा स्वास्थ्य चौकि, नार्थपु स्वास्थ्य चौकि, त्यस्तै खत्याड गाउपालिकाको श्रीकोट स्वास्थ्य चौकि, रातापानी स्वास्थ्य चौकि र पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोंग गाउपालिकाको पुलु र मांग्रि स्वास्थ्य चौकिलाई स्वास्थ्य सामग्री सहयोग गरेको आईपास नेपाल मुगुले जनाएको छ ।

संस्थाले २ वटा पिपिई सेट, सर्जिकल मास्क, ग्लोब्स, हेन्ड सेनिटाईजर, सावुन लगायत अन्य सुरक्षित गर्भपतन सम्बन्धि पर्जा पम्पप्लेट सहयोग गरेको आईपास नेपाल मुगुका जिल्ला कोर्डिनेटर लोेकेन्द्र विश्वकर्माले जानकारी दिनु भयो । विश्वकर्माका अनुसार विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ बार्ट बच्नका लागि सहयोग गरेको उहाले बताउनु भयो ।

पछिल्लो समय नेपालका ७ वटा प्रदेश मध्ये कर्णाली प्रदेशमा कोरोना भाईरस कोभिड १९ ले उग्ररुप लिए पछि मुगुमा पनि अछुतो नरहोस भनि स्वास्थ्य साग्रमि सहयोग गरेको हो । संस्थाले कोरोना भाईरस कोभिड १९ सम्बन्धि बच्नका लागि विभिन्न खाले जनचेतना मुलक कार्यक्रम पनि सञ्चालन गरेको संस्थाले जनाएको छ । आईतवार जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ भने अरु स्वास्थ्य चौकिलाई सोमवारबाट वितरण कार्य सुरु गरिने विश्वकर्माले जनाएक छन ।

प्रतिक्रिया दिनुहोस