• २०८१ साउन ८ गते मङ्गलवार

त्रिवेणीमा आज गरिएको आरडिटी परिक्षणका क्रममा १५ जनामा पोजेटिभ

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, बाजुरा । त्रिवेणीमा आरडिटी परिक्षणका क्रममा १५ जनामा कोरोना एन्टीबडि पोजेटिभ देखिएको छ । त्रिवेणी नगरपालिकाका विभिन्न ठाउँका ७१ जनाको परिक्षण गर्दा १५ जनामा आरडिटी पोजेटिभ देखिएको त्रिवेणी नगरपालिका स्वस्थ्य शाखा प्रमुदख चिरन्जीवी शााहले जानकारि दिनुभएको छ ।

त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा रहेका जनता प्रथामिक विध्यालयका १ जना, महालक्ष्मी प्रा.विको क्वारेन्टाईनमा रहेका २ जना र पार्वति माध्यामिक विद्यालयको क्वारेन्टाईनमा ४० जना जना गरि ४३ जनाको को रिक्षण गर्दा १० जनाम पोजेटिभ देखिएको छ र रत्न माध्यममिक विद्यालयको क्वरेन्टार्यनमा परिक्षण गर्दा १२ जना मध्ये ४ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै पार्वति माध्यामिक विद्यालय छताराको क्वारेन्टाईनमा १० जनाको परिक्षण गर्दा दसै जनाको रिपोट नेगेटिभ आएको र छतारा स्वास्थ्य चौकिको क्वारेन्टाईन मा रहेको ६ जना मध्ये १ जनाको पोजेटिभ आएको नगर प्रवक्ता प्रेम बहादुर थापाले जानकारि दिनु भयो ।

आरडिटि नेगेटिभ आएका ६५ जनालाई सुरक्षीत घरमा बस्ने सल्लाह दिई घरपठाएको छ, भने आरडिटि पोजेटिभ देखिएका व्यक्तिलाई सम्वन्धित क्वारेन्टाईनको आईसुलेसनमा राखिएको प्रवक्ता थापाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस