• २०८१ साउन ८ गते मङ्गलवार

राष्ट्रियसभामा नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ३२,काठमाडौँ । राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल उठेका जिज्ञासामा उनले विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै ‘नेपालका सबै राजनीतिक दलहरु राष्ट्रियताका सवालमा एक हुन्छन्’ भन्ने पुष्टि भएको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधनको विषय नेपालको आन्तरिक विषय भएको र यसमा छिमेकीले टिप्पणी नगर्दा राम्रो हुने बताउनु भयो । उँहाले भन्नुभयो– ‘भारतसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौँ’ उँहाले अद्यावधिक नेपालको नक्साअनुसार संविधानको अनुसूची–३ सच्याउने अभिप्रायले ल्याइएको संविधानको दोस्रो संशोधनलाई समर्थन गरिदिन आग्रह गर्नुभयो ।

यस अघि सो प्रस्ताव माथिको छलफलमा नेपाली काँग्रेसका प्रकाश पन्थ, नेकपाका सुमनराज प्याकुरेल, नेकपाका मायाप्रसाद शर्मा र गोपीबहादुर सार्की अछामी, नेपाली काँग्रेसका तारादेवी भट्ट, नेकपाका भगवती न्यौपानेहरुले धारणा राख्नुभएको थियो ।

यस्तै नेकपाका जीवन बुढा, रामलखन चमार, दीपा गुरुङ र चक्रप्रसाद स्नेही, नेकपाका खीमकुमार विक र महेशकुमार महरा, नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी लगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस