• २०८१ साउन ८ गते मङ्गलवार

प्युठानमा लकडाउन निकै कडाइ, ठाउँ ठाउँमा प्रहरीको ब्यारेल

सागर थापा/बिदुर एमसी पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, दाङ्ग । देशमा जारी लकडाउन अन्य भागमा भन्दा प्युठानमा निकै कडाइसाथ लागू गरिएको छ । दाङ्ग जिल्लाको देउखुरी भालुवाङ्गबाट प्रवेश गर्ने सिमाना ददेरी र बाङ्गेसालको दर्भानमा रहेको प्रहरी चौकीले दुई देशका वीचमा लगाइने जस्तै ब्यारेल तेर्साएर जिल्ला प्रवेशमा रोक लगाइएको छ ।

 

यद्यपि अत्यन्तै कम सङ्ख्यामा मात्रै दैनिक अत्यावश्यक खाद्यान्न बोकेका गाडी फाट्टफुट्ट एम्बुलेन्स पत्रकारका गाडी बाहेकका अन्य सवारीसाधनहरुलाई जिल्ला प्रवेशमा पूर्णरूपमा बन्देज लगाइएको देखिन्छ । त्यतिमात्र नभएर ढुङगेगढीको बड्डाडा, प्युठान र रोल्पा जाने बाटो छुट्टाउने ठाउँ क्वाडी, जुम्री, गोठिवाङ्ग र भिङ्ग्री लगायतका ठाउँमा ब्यारेल तेर्साएर बाटोमा हुने आवागमनमा अवरोध गरिनुले पनि देशका अन्यत्र भागमा भन्दा प्युठानमा लक डाउनलाई निकै कडाइसाथ लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस