• २०८२ बैशाख २९ गते सोमवार

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ वर्षीया किशोरी र धादिङ निवासी ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमााडौंमा परीक्षण गरिएको थियो । तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मन्त्रालयले जनाएको छ । उहाँहरू सबै स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Image may contain: text

प्रतिक्रिया दिनुहोस