• २०८२ जेष्ठ २ गते बिहिवार

स्वास्थ्य परिक्षण सँगै राहात वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट
जेष्ठ १, जाजरकोट । कोरना महामारिले गर्दा दैनिक छाक टार्न कठिनाई व्यहोरिरहेका जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका वडा नं १ देखि वडा नं ५ भित्रका कमजोर आर्थिक अवस्था रहेका नागरिकहरु लाई नेकपा प्रदेशकमिटी सदस्य एवं बारेकोट निवासी डम्बर बहादुर सिहंको संयोजनमा स्थानीय सरकार सँगको समन्वयमा खाद्यान्न लगायतका राहात सामग्री वितरण गरिएको छ । यस्तै वडा नं ६ देखि वडा नं ९ सम्मको आर्थिक अवस्था कमजोर घरपरिवारलाई पनि राहात तथा खाद्य सामग्री वितरण गर्ने योजना रहेको डम्बर बहादुर सिहंले जानकारी दिनुभयको छ ।
उक्त कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष श्रीमति ओमा शाही स्थानीय समाजसेवी गोरख बहादुर सिहं, नरबहादुर गिरी, भक्त बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो । जहाँ उपस्थित नागरिकहरुको थर्मल गनको माध्यमबाट स्वास्थ्य परिक्षण समेत गरियको थियो । उच्च शिक्षा अध्ययन गर्न र कर्म खोज्न बिदेशमा रहेका हाल लकडाउनमा रहँदा रहँदै पनि आफ्नो देशको कमजोर वर्ग र परिवारको लागि अष्ट्रलियामा रहेर सहयोग गर्ने विजय सापकोटा, गणेश सिहं, रमेश सिहं र काठमाडौंमा रही यो कार्यक्रमको लागि समन्वय गर्ने प्रेम बहादुर सिहंको योगदानको उच्च कदर समेत गरिने स्थानीय समाजसेवी प्र्रध्यापक गोरख बहादुर सिहंले
जाजरकोट जिल्लाको पूर्वोत्तरमा रहेको बारेकोट गाउँपालिका कर्णाली प्रदेशको जुम्लासँग सिमाना जोडियको भौगोलिक हिसाबले अत्यन्तै विकट र आर्थिक गतिविधी न्यून भयको क्षेत्र हो । जहाँ केही मानिसहरुको जीवन छ महिना कालिपार (भारत) र छ महिना घर गर्दै गुजारा चलाईरहेका छन । स्थानीय सरकारको गठनसँगै केही विकासका गतिविधीहरु भयता पनि स्थानीय जन्ताको जीवनस्तरमा परिवर्तनको अनुभूति भने हुन सकेको अवस्था छैन । आन्तरिक श्रोत साधनको परिचालनमा कठिनाई, यूवा जनशक्तिको पलायन, उत्पादित बस्तु विक्रिको लागि बजारको अभाव र निष्कृय जनशक्ती गाँउ केन्द्रित हुने अवस्थाले गर्दा आर्थिक गतिविधी न्यून हुने गरेको छ ।
विश्व कोरना महाव्याधीबाट थिलो थिलो भईरहेकोले आन्तरिक उत्पादन तथा ज्याला मजदुरी गरि छाक टार्ने मान्छेको जनजीवन विश्वव्यापी रुपमा प्रभावित भयको छ । जसले गर्दा कमजोर आर्थिक अवस्था भयका एकल महिला, जेष्ठनागरिक, बालबालिकाहरु बढि प्रभावित हुने गरेको तथ्यहरु बाहिर आयका छन । त्यसको असर प्रत्यक्षरुपमा सबै क्षत्रमा परेको देखिन्छ । थोरै मात्र भयपनि स्थानीय सरकारको सारथी बन्ने र स्थानीय नागरिकको दुःखमा मल्हम लगाउने भूमिका निर्वाह गरेको र सदैव यस्तै सामाजिक कार्यमा निरन्तर तल्लिन रहने बताउँदै आफ्नो व्यक्तिगत जीवन नै समाज सेवाका लागि समर्पित गरिरहेको डम्बर बहादुर सिहंले बताउनु भयको छ ।

प्रतिक्रिया दिनुहोस