उक्त बैठकमा चेकिङ कडा गर्ने, उपत्यका भित्रने/बाहिरिने नाकाहरूमा थप कडाइ गर्ने भन्ने निष्कर्षमा निकालेको जनाइएको छ । गृह मन्त्रालयले आजदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ । यसअघि सरकारले खोल्ने भनेका ४२ उद्योगका बारेमा पनि पुनर्विचार गर्न मेयरहरूले बैठकमा आग्रह गरेका थिए । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई सय ४६ जना संक्रमित छन् ।