• २०८२ जेष्ठ २ गते बिहिवार

नवलपरासी पूर्व एकमा कोरोना संक्रमण, संक्रमितको संख्या २४६

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । नवलपरासी पूर्वमा एक जना कोरोना संक्रमण देखिएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसअघि ५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो भनिएपनि मन्त्रालयले संक्रमितको संख्या सच्याएको छ ।

Image may contain: text

सच्याएको बारे

Image may contain: text

प्रतिक्रिया दिनुहोस