विपना मगर काफिया का पाँच मुक्तक
१
बिश्वासघाती नेताको शासन खोस्नुपर्यो ।
दुखी,पिडित,गरिबको भाषण रोज्नुपर्यो ।
कोहि नेता भन्छन् देशमा अब बिकास आँउछ
अनायासै बोल्ने मुखमा छुरा घोच्नुपर्यो ।
२
नेपाल आमालाई बचाउने कसरी ?
रोएका ती मन सबै हसाउने कसरी ?
देशलाई जोड्ने र टुक्र्याउने को होला
उसका आँखामा आँसु रसाउने कसरी ?
३
मेरो देश राेइरहँदा हाँसु म कसरी ?
वीर सपुतका गितमा नाँचु म कसरी ?
सबै परिवर्तन हुन्छ तर केहिका लागि
कस्काे गल्ति कुन्नि जाँचु म कसरी ?
४
मान्छे एउटै हो अधिकार लुट्याछन् अझै ।
गर्ने केही होइन चुनावमा उठ्याछन् अझै ।
कहि गर्न सकेनन् अझै हाम्रा देशका नेताले
दुखी गरिब गल्लि अनि चोकमै सुत्याछन् अझै ।
५
राष्ट्रघाती र जनघाती सहमति भएपछि ।
तिनिहरुको बेग्लै आफ्नै गति भएपछि ।
कसले यहाँ सुखशान्ति दिलाओस् खै ?
हुनुजति सबै आफ्नै सम्पत्ति भएपछि ।