जेठ १, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्नालयले जनाए अनुसार थप ५ जनामा काेराेना संक्रमण देखिएकाे छ । मन्त्रालयले जनाए अनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हाे ।
यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।