जेठ १, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन ।