• २०८० असोज ७ गते आइतवार

बाढीले बगाएर चार गोरु र एक सय बढी भेडा मरे

राजेन्द्र बहादुर राेकाया पढ्न लाग्ने समय : २ मिनेट
बैशााख  २, बाजुरा । बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा मंगलबार विहान साढे ४ बजे आएको अविरल वर्षाका कारण तीन परिवारका हाउडी खोलाले बगाएर एक सय भेडा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही गाउँपालिकाको ७ बाँधुको हाउली खोला नजिकै पालमुनी राखिएका उक्त भेडा मध्ये ४० बाख्रा मृत अवस्थामा भेटिएको र ७० बाख्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिनु भएको छ ।
उहाँले दिएको जानकारी अनुसार सोही वडाका स्थानीय विष्णुप्रसाद तिमिल्नसेनाकमो १३ बोका र २५ बाख्रा गरी ३८ वटा,दत्त तिमिल्सेनाका १२ बाख्रा र चार बाख्रा गरी १६ वटा, धनलाल तिमिल्सेनाका चार बोका र ३६ बाख्रा गरी ४० वटा र महेन्द्र कार्कीका १७ बाख्रा र तीन बोका गरी २० वटा बगाएको बताउनु भयो । मंगलबार विहान अविरल वर्षासंगै आएको बाढीले महेन्द्र कार्कीका २० वटा बाख्रा घाइते, दत्त तिमिल्सेनाका १२ वटा बाख्रा घाइते भएका छन् । घाइतेहरु घरमा राखिएको र बाढीले बगाएकाहरुको प्रहरी चौकी धुलाचौरबाट खटिएको टोली खोजी कार्यमा रहेको प्रहरी प्रवक्ता रोकायाकाे भनाई रहेको छ । बाख्रा हेर्न पालमा बसेका ३८ वर्षीय दत्त तिमिल्सेना र ४० वर्षीय महेन्द्र कार्की समेत घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते भएका दुवै जनाको बाँधु स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्काइएको छ ।
यस्तै सोही गाउँँपालिका–६ धीममा रहेको छेउखिउने खोलाबा आएको बाढीले सोही वडाका स्थानीय मेगराज पाण्डेय र विष्णुचन्द्र जोशीको चार गोरु बगाएर प्रहरीको भनाई छ । चार गोरुमध्ये दुईको मृत्यु भएको र दुई गोरु बेपत्ता भएको प्रहरी प्रवक्ता रोकायाले बताउनु भयो । दुवै घटनास्थलमा प्रहरी चौकी धुलाचौरबाट ४ घण्टाको पैदल दुरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस