• २०८१ साउन ४ गते शुक्रवार

तरकारीको गाडीमा दाङ्ग उद्योग वाणिज्य संघको ब्यानर दुरुपयोग : अध्यक्ष भुसाल

सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

बैशाख २, दाङ । दाङको तुलसीपुरमा भारतबाट नेपालगन्ज भन्सार हुदै तरकारी र फलफूल आउने गरेको भन्दै तुलसीपुरका विभिन्न सरोकारवाला निकायहरुले अनुगमन गरिरहेको वेलामा दाङ्ग उद्योग वाणिज्य संघ र कृषि उपज वजार समन्वय समितिको ब्यानर टाँगेको गाडी तरकारी ल्याउनका लागि तुल्सीपुरको तरकारी वजारमा आएको र गाडीलाई सोधपुछ गर्दा तुलसीपुरबाट नियमित रुपमा तरकारी लग्ने गरेको भन्ने जवाफ आए पछि स्थानीय सरोकारवालाको रोहवरमा रा १ ख ८४६ नम्वरको गाडी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा लगिएको थियो ।

भारतबाट ल्याइएको तरकारी र फलफूल दाङ्गका विभिन्न वजारमा जाने गरिएको स्थानीयहरुको आरोप छ । नेपालगञ्ज भन्सार हुँदै दाङको तुलसीपुरमा तरकारी र फलफूल आउँदा संक्रमण फैलेन त्रास वढेपछि तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिका लगायतले अनुगमन गरेका थिए ।

यस विशेषमा दाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले नियन्त्रणमा लिएको तरकारीको गाडीमा दाङ उद्योग बाणिज्य संघको ब्यानर टाँगेर दुरुपयोग भएको बताएका छन । साथै ब्यानर दुरुपयोग गर्नेलाई कानुन बमोजिम कार्वाहीको माग समेत अध्यक्ष भुसालले गर्नु भएको छ । लकडाउन भए देखि अहिलेसम्म भारती तरकारी र फलफूल घोराहीमा बिक्री नगरेको भन्दै केही दिन यता दाङको भालुवाङमा स्थानीयबासीहरुले रोके पछी एबिसी संचार र खबर 24 नेपाल अनलाईनहरुमा समाचार आए पछी कृष्णनगरबाट आएको तरकारी र फलफूल बिक्रीमा रोक लगाई फिर्ता समेत गरेको बताए । भारतीय तरकारीको गाडीहरूले घोराही बाहेक अन्य ठाँउहरुमा तरकारी बीच बाटोमा बिक्री गर्ने गरेको गुनासो आउने गरेको बताए दाङलाई पुग्ने गरि तरकारी सल्यान रोल्पा रुकुम प्युठान देउखुरी लगाएतको ठाँउहरु बाट मात्र आउने गरेको भारती तरकारी र फलफूलमा पुर्ण रोक लगाएको बताए ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले नेपाल सरकारले कानुन बमोजिम भारतबाट आउतजाउत गर्न अत्यावश्यक बस्तु पेट्रोल डिजेल ग्यास तरकारी फलफूल लगाएतलाई रोक नलगाएको बताए ।

प्रतिक्रिया दिनुहोस