बैशाख २, काठमाडौं । जगदम्बा समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गर्न खोजको भन्दै शंकर ग्रुपका मालिक अग्रवाल पक्राउ गरिएको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो । प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ ।