• २०८० फाल्गुन १० गते बिहिवार

सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, काठमाडौं । सनसिटी अपार्टमेन्टका तिन जनामा -यापिड डायग्नोष्टिक टेष्टमा कोरोना भाइरसको संक्रमण देखिएका पीसीआर परीक्षणबाट दुई जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको  पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको छ । सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको (-यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उनीहरुको स्वाबको नमूना लिएर परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार २ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ । एकजनाको भने परीक्षणमा केही समस्या देखिएपछि पुनः स्वाव लिएर परीक्षण गरिँदैछ । कागेश्वरी मनोहरा नगरका अनुसार सोमबार मुलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा तीन जनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो ।

प्रतिक्रिया दिनुहोस