• २०८१ माघ ८ गते मङ्गलवार

नेपाल प्रेस युनियन बाँकेमा नयाँ नेतृत्व

अध्यक्षमा वली र सचिवमा मल्ल विजयी
महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, बाँके  नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन वली विजयी हुनुभएको छ । शुक्रबार राती भएको मतदानमा वलीले चेतकान्त भट्टराई र नवीन गिरीलाई पछि पार्नुभएको हो ।


केन्द्रिय प्रतिनिधि माधव धितालका अनुसार वलीले ७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभयो हो भने भट्टराई ४० मत र गिरीले ३८ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा विजय मल्ल विजयी हुनुभएको छ । मल्लले ८४ मत प्राप्त गर्नुभयो भने प्रियास्मृति ढकालले ६४ मत प्राप्त गर्नुभयो ।

प्रेस युनियन बाँकेमा उपाध्यक्षद्वय समीरमान श्रेष्ठ र विनय त्रिपाठी, सहसचिवमा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा रविन्द्र घिमिरे, रामबहादुर रावत, कमल केसी, संगिता पाठक, लक्ष्मी गौडेल, दीपक कुमार राई, गणेश बहादुर राई, नरेन्द्र सिंह र नन्दलाल साहु निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस