• २०८० चैत्र ३० गते शुक्रवार

चन्द्रागिरीबाट जुवाडेहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौं । चन्द्रागिरी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छ जना जुवाडेलाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका ३ नमूना बस्ती बस्ने प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय सुदिप रेग्मी लगायत ६ जनालाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस