• २०८० फाल्गुन १० गते बिहिवार

बालबिवाह छाउपडी दुर्घटना न्युनिकरण सम्बन्धि अन्तरक्रिया

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, कैलाली । घोडाघोडी नगरपालिका वडा नम्बर १ घोडाघोडी स्थित बिराट सनातन धर्म सस्कृत मा. वि.मा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बाल बिवाह,छाउपडी,दुर्घटना न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिश शरण भट्टले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बाल बिवाह, छाउपडी,दुर्घटना न्युनिकरण बारेमा अन्तरक्रिया कार्यक्रम गर्नुका साथ प्रहरी लाई सुचना दिन सहज होस् भन्ने उदेश्यले तालुक जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी कार्यालयहरुको टेलिफोन सम्पर्क नम्बर भएको पर्चा उक्त बिद्यालयमा बितरण गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस