फाल्गुन २, काठमाडौँ । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । उनी क्यान्सर रोगबाट पीडित थिए । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति थिए । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं. १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा क्यान्सर रोगका कारण शुक्रबार बिहान निधन भएको हो ।
उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । क्यान्सर रोगबाट पीडित उपाध्यायको आज बिहान ७ बजेतिर आफ्नै निवासमा मृत्यु भएको सोही क्षेत्रका कांग्रेस सांसद फखरुद्दिन खानले जानकारी दिए । उपाध्यायको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो ।
उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् । उपाध्यायको लुम्बिनीमै अन्त्येष्टी गरिने सांसद खानले जानकारी दिए ।