मंसिर २८ मुगु । हिमाली जिल्लाका ४ वटा स्थानीय तहमध्ये एक गाउपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोगं गाउपालिकाले एम्बुलेन्स खरिद गरेर नेपाल सरकार द्धारा शत प्रतिशत छुट प्राप्त एम्बुलेन्स खरिदमा १० लाख ४२ हजार रुपैया लागतमा एम्बुलेन्स सेवा लिएको मुगु मकार्मारोगं गाउपालिकाका सुचना अधिकारी तिर्थ राज शाहीले जानकारी दिए ।

गाउपालिका र रेडक्रसले ल्याएका एम्बुलेन्स
उनका अनुसार मुगुमकार्मारोग गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर गाउँबासीको पिडा लाई मध्येनजर गर्दे एम्बुलेन्स सेवा विस्तार गरेको शाहीको भनाई रहेको छ । एम्बुलेन्स सञ्चालनमा रहे पछि गाउपालिका बासि लाई जटिल स्वास्थ्य समस्यामा छाईल देखि सदरमुकाम गमगढी बजार हुदै अन्य जिल्लाहरुमा पुग्न सहज हुने गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । एम्बुलेन्स सेवा सुरु भएपछि विशेषगरी गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समय अस्पताल पु¥याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिर्थ राज कठायतको भनाई रहेको छ ।
साथै गाउँपालिकाले यस आर्थिक वर्षमा स्टाफ नर्स सहितको १० शैयाको कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडा ६ रिउस बगरमा स्थापना गरिएको यो अस्पतालले २ स्टास नर्स र एक कार्यालय सहयोगीको साथमा सेवा दिदै आएको उनको भनाई रहेको छ । स्वास्थ्य सेवा सँगै शिक्षा लाई पनि सार्थक बनाउनको लागि यसै वर्षबाट आवाशिय विद्यालय पनि सञ्चालन गरेको गाउपालिकाले जनाएको छ ।
रेडक्रसले पनि ल्यायो एम्बुलेन्स
नेपाल रेडक्रस सोशाईटि शाखा कार्यालय मुगुले पनि आफ्नो एम्बुलेन्स सेवा ल्याएको छ । जिल्ला बिपद ब्यबस्थापन समिति मुगुको रु १० लाख र अन्य संस्थाको लगानीमा संस्थाले एम्बुलेन्स सेवा ल्याएको सभापति जय बहादुर मल्लको भनाई छ । उनका अनुसार गत साउन ५ गते रकम जम्मा गरी २६ मंसिर बाट एम्बुलेन्स संस्थाको हातको परेको उनले जानकारी दिए ।