• २०८२ बैशाख ७ गते आइतवार

जिपको ठक्करबाट एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २७, रुपन्देही । रुपन्देहीमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लु.१ य ८ नम्बरको जिपले सिद्धार्थ नगरपालिका–८ नारायणस्थान नजिकै भित्री सडक छेउमा ठेलामा फलफूल बेचीरहेको सोही नगरपालिका–६ दयापथ बस्ने ४० वर्षीय बिनोद मल्लाहलाई ठक्कर दिएको थियो ।


जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस