• २०८२ जेष्ठ ४ गते शनिवार

राजधानीलाई महामारीबाट जोगाउन आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असाेज २७, काठमाडौं । कोरोना संक्रमणले आक्रान्त पारेको राजधानीको भित्री शहरमा महामारी फैलने खतरा बढेको छ । भित्री शहरका एक दर्जन वडाध्यक्षले त अब यस्तै पारा हो भने राजधानीमा कोरोना महामारी फैलिने संकेत गरेका छन् । कोरोना संक्रमितको संख्या बढेर अस्पतालका आईसीयू भरिभराउ छन् । बिरामी राख्ने ठाउँ छैन । कोही बिरामी परे बाँच्ने अवस्था छैन । सरकारले कोरोनालाई सामान्य ठान्दा राजधानीमा महामारी फैलिने खतरा बढेको छ । उनीहरुको अपिल छ– ‘सरकार महामहारीबाट राजधानी जोगाऊ ।’

सबै वडाध्यक्षले जनतामा चेतनास्तर कमी हुँदा समस्या बढेको बताएका छन् । उनीहरुले माइकिङ गरेर, ब्यानर टाँसेर जनचेतना जगाए पनि अटेर गरेको बताएका छन् । सबै वडाले मास्क वितरण, आइसोलेसनमा बसेकालाई सेनिटाइजर तथा संक्रमितलाई आयुर्वेदिक औषधी वितरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस