असोज २७, लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेश प्रहरी कर्यालय, दाङ अन्तर्गत १२ जिल्लाहरुमा Covid-19 को बेलामा अपाङ्गता भएका व्यक्तिहरुमा हुने हिंसामा परेको अवस्थामा प्रहरीले सम्पादन गरिरहेको कार्यहरु, हेल्प डेस्क, पिडीत उद्दार मोवाइल, काउन्सिलिङ, उपचार र कानूनी कारवाही गर्दै आएको अवस्थाको साथै प्रहरीले कार्यालयहरु जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरुले त्यस्ता घटनाहरु न्यूनिकरण गर्ने अभियानको लागि गस्ति गर्ने र स्थानिय पालिका, महिला अधिकारकर्मी, अपाङ्गता वा संघ सस्थाहरु, मिडियाहरुसंग सहकार्य गरिदै आएका छौ।
यसको अनुसन्धानमा प्रभावकारीता र सहकार्यमा अभिवृद्बी यस समयमा निजहरुलाई हिंसाबाट सुरक्षित गर्नको लागि सरोकारवाला निकायसंग मिति २०७७/०६/२१ गते देखि मिति २०७७।०६।२२ गतेसम्म २ दिने टेलिफोन अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ। यसमा सहभागी संघ सस्थाहरुले प्रहरीले आफ्नो कार्य राम्रोसंग गरेको, अपाङ्गता भए व्यक्तिहरुको हरबखत सहयोग गरेको (जस्तै, गाडी चढाउने, बाटो काट्ने आदी) प्रतिकृयाहरु आएको साथैअपाङ्ग मैत्री एवम् पीडित मैत्री बातावरण हुनु पर्ने, अपाङ्ग मैत्री संरचना हुनु पर्ने, अपाङ्गको उजुरीलाई अझ वढी प्राथमिकताका साथ हेरिनु पर्ने, यदाकदा व्यवहारमा कमी देखिने हुँदाव्यवहारमा शिष्टता हुनु पर्ने सुझावहरु दिनु भयो।
- सम्पर्क गरिएका सरकारी तथा गैर-सरकारी संघ, संस्था:
सि.नं. | जिल्ला | संस्थाको नाम | कैफियत |
१. | नवलपरासी (ब.सु. पश्चिम) | म.बा.बा.जे.ना.शाखा रामग्राम न.पा. | |
२. | रुपन्देही | रुपन्देही नेत्रहिन अलपा संघ | |
३. | कपिलवस्तु | ऋतु स्वावलम्बन केन्द्र | |
४. | दाङ | नेपाल अपाङ्ग संघ नवजीवन केन्द्र घोराही | |
५. | बाँके | म.बा.बा.जे.ना. शाखा, नेपालगंज उप-म.न.पा. | |
६. | बर्दिया | म.बा.बा.जे.ना. शाखा, गलरिया न.पा. | |
७. | पाल्पा | सेफ हाउस | |
८. | गुल्मी | सृजनशिल सामुदायिक विकास केन्द्र | |
९. | अर्घाखाँची | सृजनशिल अपाङ्गा सरोकार केन्द्र | |
१०. | प्यूठान | जिल्ला अपाङ्ग सेवा संघ | |
११. | रोल्पा | अपाङ्ग कल्याण समाज | |
१२. | रुकुम (पूर्व) | म.बा.बा.जे.ना. शाखा, सिस्ने गा.पा. |