असाेज २७, सिन्धुली । सिन्धुलीमा गोलंजोर गाउँपालिका वडा नं २ का वडाध्यक्ष एवम गोलञ्जोर गाउँपालिकाका प्रवक्ता दौलत कार्कीले छिमेकी ध्रुव कार्कीलाई कुटपिट गरेका छन् ।
चिकित्सकहरुले उनको टाउकोमा असर परेको हुनसक्ने बताएका छन् । पीडित ध्रुवको राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको उनका भतिजा हरिकिशोर कार्कीले जानकारी दिए ।
वडाध्यक्ष दौलतले गोलंजोर गाउँपालिका वडा नम्बर २ वितिजोर भरी आतंक मच्चाउँदै आएका छन् । गोलंजोर गाउँ पालिकाका प्रबक्तासमेत रहेका वडाध्यक्ष दौलतले सार्बजनिक जग्गा अतिक्रमण गर्ने, आफ्ना विरोधीहरुलाई शारीरिक आक्रमण गर्ने, धम्क्याउने गर्दै आएका छन् ।