भाद्र २८ , काठमाडौँ । विश्वमा कोरोना भाइरसबाट २ करोड ८८ लाख ६५ हजार १ जना संक्रमित भएका छन् । ती मध्ये ९ लाख २२ हजार ८२९ जनाको मृत्यु भएको छ भने २ करोड ८ लाख २६ हजार १७५ उपचारपछि निको भएका छन् ।
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६६ लाख ६३ हजार ९३ जना संक्रमित भएका छन् भने १ लाख ९७ हजार ८३८ जनाको मृत्यु भएको छ । त्यहाँ ३९ लाख ३२ हजार ६०९ जना उपचारपछि निको भएका छन् । यसैगरी भारतमा ४७ लाख ५१ हजार ७८८ जना संक्रमित भएका छन् भने ७८ हजार ६१४ जनाको मृत्यु भएको छ। त्यहाँ ३६ लाख ९९ हजार ३०६ जना उपचारपछि निको भएका छन् । यसैगरी ब्राजीलमा ४२ लाख ९७ हजार ९४९ जना संक्रमित भएका छन्। ब्राजीलमा १ लाख ३० हजार ८७० जनाको मृत्यु भएको छ भने ३५ लाख ३० हजार ६५५ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै नेपालमा संक्रमितको संख्या ५३ हजार १ सय २० जना पुगेको छ । आजसम्म घर फर्किनेको संख्या ३७ हजार ५ सय २४ जना रहेको छ । मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।