• २०८२ जेष्ठ २ गते बिहिवार

चितवनमा थप ३१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, चितवन । चितवनमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार राति सार्वजनिक गरिएको विवरणअनुसार भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा भरतपुरका २ महिला र २ पुरूषमा संक्रमण पुष्टि भएको हो । यस्तै सुर्खेत र रौतहटका २ महिला तथा धनुषाका एक पुरूषमा पनि संक्रमण पुष्टि भएको हो ।

यस्तै चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा भरतपुरका ५ पुरूष र ४ महिला तथा रत्ननगरका २ महिलामा संक्रमण पुष्टि भएको छ । नवलपुर गैँडाकोटका ३ महिला र ३ पुरूष, हुप्सकोट र मध्यविन्दुका एकरएक जना महिला र पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।यस्तै बाँके, काठमाडौँ, रुपन्देही, तनहुँ र लमजुङका एकरएक जना गरी अरू ५ जनामा पनि संक्रमण भएको चितवन मेडिकल कलेजले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस