• २०७९ मङ्सिर १७ गते शनिवार

बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, बर्दिया । जिल्ला गुलरिया नगरपालिका–५ निवासी २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् ।

शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन् । खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिए । बबई नदीमा दिउँसो १२ बजे उनी नुहाउन गएका थिए ।

प्रतिक्रिया दिनुहोस