श्रावण २९, सुर्खेत । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतको आयोजनामा, वीरेन्द्रनगर नगर कार्यपालिकाको कार्यालय वीरेन्द्रनगर सुर्खेतको समन्वयमा ‘तपाईको मास्क खोई’ अभियान सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको संयोजकत्वमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सामुदायीक सेवा केन्द्र सुर्खेतका अध्यक्ष ललित भट्टराई, पदाधिकारीहरु भुमिसरा श्रेष्ठ, धर्मराज आचार्य, सर्मिला बि.सी. र बि.न.न.पा. वडा नं. ८ का वडा सदस्य थिर बहादुर शाही सहित प्रहरी कर्मचारीहरूको उपस्थिति रकेको थियो । कार्यक्रममा कोरोना भाईरसको सचेतना सम्बन्धी प्लेकार्डहरु तथा ‘तपाईको मास्क खोई’ भन्ने फ्लेक्स ब्यानर सहितको कार्यक्रम बि.न.न.पा.८ स्थित कालिञ्चोक चोक बाट शुरु भई उक्त एरियाको टोलहरूमा गई बजार तथा भित्री टोलहरूमा ओहोर दोहोर गर्ने सर्वसाधारण व्यक्तिहरुलाई १२०० थान प्रचा पमप्लेट बितरण गर्नुका साथै ‘तपाईको मास्क खोई’ भन्ने फ्लेक्स ब्यानर विभिन्न चोकहरूमा राखिएको थियो । कार्यक्रममा कोरोना सम्बन्धि सचेतनामुलक जिङ्गल बजाई धमलाचोकमा कार्यक्रम सम्पन्न गरिएको थियो ।