• २०८१ जेष्ठ ३१ गते बिहिवार

४ लाख बरावरको स्वास्थ्य सामग्री सहयोग

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

श्रावण २९, मुगु । जिल्लाको एक गैर सरकारी कार्यालयले ४ लाख बरावरको स्वास्थ्य साम्रगी सहयोग गरेको छ । मुगुमकार्मारोंग गाउपालिका अन्तरर्गत कार्य क्षेत्र भएको करानि सामुदायिक विकास केन्द्र मुगले ४ लाख बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

कार्यालयका अनुसार विश्व महामरीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ लाई मध्येनजर गर्दे कार्यालयले आईसोलेसन र क्वाराईन्टाईनको लागि ६ वटा हिल्टेङकि , १० वटा डस्विन , १२ वटा फिल्टर मगुमकार्मारोग गाउपालिका मार्फत वितरण गरेको छ । त्यस्तै सदरमुकाम गमगढीमा रहेको प्राथमिक आईसोलेसन केन्द्र लाई एउटा हिल्टेङकि , सहयोग गरेको करानि सामुदायिक विकास केन्द्र मुगुका लेखापाल जस बहादुर मल्लले बताए ।

उहाका अनुसार यो संस्थाले जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोगं गाउपालिकामा मात्र यसको कार्य क्षेत्र रहेको छ । उहाले भन्नु भयो स्वास्थ्य सामग्री सहित कोरोना भाईरस कोभिड १९ सम्बन्धि सचेतना फैलाउनको लागि १३ वटा माईकिंगको पनि सहयोग गरेको मल्लको भनाई रहेको छ । माईकिंग मार्फत टोल टोलमा पुगि कोभिड १९ सम्बन्धि प्रशिक्षण दिने सुचना फैलाउने काम गरेको जानकारी दिए । कार्यालयले खरिद गरि ल्याएका ५ सय एम.एलका ७० पिस सेनिटाईजर , १ सय एम.एलका २ सय ५० वटा, सेनिटाईजर, स्प्रे १० पिस, पिपिसेट ५ सेट, के.एन.९५ मास्क ६ सय पिस, ग्लोब्स १०, र नरम ग्लोब्स ५० जोडा रहेको र वितरण गर्न बाँकि रहेको मल्लको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस