• २०८१ पुष २९ गते सोमवार

भरुवा बन्दुकसहित एकजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २९, पाल्पा । रैनादेविछहरा गाउँपालिका ३ छचुवा बस्ने ५२ वर्षीय गन बहादुर कुमाललाई १ थान एकनाले भरुवा बन्दुक, १ सय ५० ग्राम बारुद, १ सय ९० ग्राम गन्दक र ५९ वटा छर्रा सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

उनको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस