साउन २९,कास्की । नेपाल प्रहरीले १७ जुवाडेहरूलाइ एक लाख दुई हजार ४९० रुपैयाँ नगद सहित पक्राउ गरेकाे छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका १० मिलन टोलको ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले नगद एक लाख दुई हजार ४९० रुपैयाँ र ८ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।