• २०८१ जेष्ठ ३१ गते बिहिवार

काठमाडौँमा १५ वर्षीया किशोरी बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।बलात्कार आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील कड्कालाई पक्राउ गरेको छ ।

 

 

गत मंगलबार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस