• २०८१ माघ ११ गते शुक्रवार

अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ’त्यु 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २९ , कैलाली । अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार से ६ प ३३८९ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिकाको गेटा नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले मृतकको सनाखत हुन नसकेको बताए । अहिले ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टको टोली घटनास्थलमा खटिएको छ। ६ लेन सडकबाट गेटा मेडिकल जाने बाटो नजिकै दुर्घटना भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस