• २०८१ माघ ११ गते शुक्रवार

नेपालमा प्रहरी र सशस्त्रका ६८१ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौँ । नेपाल प्रहरीका ४८९ र सशस्त्र प्रहरीका १९२ जना गरी ६८१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १८३ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२२ जना डिस्चार्ज भएका छन् ।

 

प्रहरीमा हाल ३०६ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयकै १३०, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २४, प्रदेश २ का ४२, वाग्मती प्रदेशका १७, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ४३ र सुदूरपश्चिम प्रदेशका एकजना छन् ।सशस्त्र प्रहरीतर्फ ७२ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस