• २०८१ पुष २९ गते सोमवार

जीपले मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाईते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २९ ,कैलाली । जीपले मोटरसाईकललाई ठक्कर दिदा कैलालीको लम्कीमा दुई जना घाईते भएका छन्।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको सु.प.प्र ०१-००८ प २८०३ नम्बरको मोटरसाईकलाई विपरीत दिशाबाट आउँदै गरेको से १ ग १५६० नम्बरको जीपले ठक्कर दिदा मोटरसाईकल चालक लम्कीचुहा १ का लालमणी देवकोटा र मोटरसाईकलमा सवार उनकी श्रीमती लक्ष्मी देवकोटा घाईते भएका हुन्।
घाईते दुबै जनाको अवस्था सामान्य रहेको लम्कीस्थीत लालरत्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस