श्रावण २९, काठमाडौं । वर्षभरिमा जिल्लाको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले काभ्रेका ट्राफिक प्रहरी प्रमुखलाई सम्मान तथा पुरस्कृत गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
गएको एक वर्षभरि ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण र कोरोना कहरका बीच पनि उत्कृष्ट कार्य गरेको भन्दै बागमती प्रदेश ट्राफिक प्रमुख एवम् प्रहरी उपरीक्षक प्रकाश रानाभाटमार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुले सम्मान तथा पुरस्कार ग्रहण गरेका हुन् ।
काभ्रे जिल्लामा रहेर ट्राफिक व्यवस्थापनमा प्रदेशमै उदाहरणीय काम गरेकोले सम्मान र पुरस्कारमार्फत प्रहरी कर्मचारीको हौसला बढाउन पनि प्रदेश ट्राफिकले सम्मान तथा पुरस्कार प्रदान गरेको प्रहरी उपरीक्षक रानाभाटले बताए । कोरोना कहरले विश्वलाई नै आतङ्कित बनाइरहेका बेला काभ्रे जिल्लामा ट्राफिक प्रहरीको खटन र सुरक्षा व्यवस्थापनले पनि जिल्ला भरि कोरोनाले ठूलो रुप लिन नपाएको प्रदेश ट्राफिकको दाबी छ । लकडाउन अवधिभर काभ्रे ट्राफिकले जिल्लाको नाकातर्फ चेकजाँच कडा गरेको थियो । जिल्लामा कोरोनाले महामारीको रुप लिन नपाउनुमा काभ्रे ट्राफिकको सक्रियता र योगदान पनि मह¤वपूर्ण रहेको प्रहरी उपरीक्षक रानाभाटले बताए । अत्यावश्यक सवारीसाधन, गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयको पासबिना कसैलाई पनि प्रवेश नदिइएकोले कोरोना महामारी रोक्नमा काभ्रे ट्राफिकको योगदान अतुलनीय छ’, उनले भने, ‘त्यसैले सम्मान तथा पुरस्कारको भागीदार बन्न सफल हुनुभयो ।’काभ्रे ट्राफिकले भने आफूहरु सम्मानित हुनुमा समुदायको भूमिका पनि सकारात्मक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले बताउनु भयो ।