• २०८१ पुष २९ गते सोमवार

आफ्नो होटलमा काम दिन्छु भन्दै १५ वर्षीया बालिकालाइ जंगलमा लगेर बलात्कार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २९, सल्यान । सल्यानमा जर्बरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । आफ्नो होटलमा काम लगाई दिन्छु भनी ललाई फकाई १५ वर्षीया बालिकालाइ बला’त्कार गरेको आरोपमा शारदा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय होटल संचालक हिमराज बुढाथोकीलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएकी ती बालिकालाइ उनका बुबासंग श्रीनगरमा आफ्नै होटलमा काम लगाइ दिन्छु भनी घरबाटै लिएर आएको र होटलमा नलगी चल्ला फर्ममा जाम भन्दै भगवती खोलाको जंगलमा लगेर बला’त्कार गरेको पीडित बालिकाले बताएकी छन् । मासिक तीन हजार रुपैयाँमा होटलमा झाडुपुछा लाउने कामका लागी पीडितका बुवा संग स्वीकृति लिएपनि आफुले जान न मानेपछि जबरजस्ती घरबाट लगेको बालिकाको आ’रोप छ । यस अघि दीदीलाइ पनि मासिक १० हजार रुपैयाँ तलब दिन्छु भनी कामको प्रलोभन देखाएको तर दिदी जान नमाने पछि आफुलाइ काम लगाइ दिन्छु भन्ने बहानामा लगी बला’त्कार गरेको उनले बताइन् ।

होटेल संचालकलाई शनिबार दिउँसो शारदा नगरपालिका १२ रेशमज्युलाबाट प’क्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस