श्रावण २९, दाङ । कोईलाबास लमही सडकखण्ड अन्तरगत गढवा गाउँपालिका वडा नम्बर ७ घोराही १५ बस्ने बर्ष २३ का रिहा जुदिन र सोही ठाउँ निवासी बर्ष २२ का चालक अरमान धुनिया पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय गढवाको टोलीले मंगलबार बेलुका साढे ४ बजे कोईलाबासबाट घोराही तर्फ जाँदै गरेको लु ३१ प १५७८ नम्बरको स्कुटर सहित ५५ ग्राम ७ सय ८० मिलिग्राम ब्राउन सुगर लागूऔषधी पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।
गोप्य सुराकीको आधारमा स्कुटर चेकजाँच गर्दैगर्दा कोहीनुर लेखिएको हेल्मेट भित्र लुकाई छिपाई अबस्थामा लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।