• २०८१ जेष्ठ ३१ गते बिहिवार

विप्लव समूहका  कार्यकर्ताहरू धमाधम  पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, सुर्खेत । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका नेता/कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकएक गरी १३ जनालाई पक्राउ गरिएको हो ।प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ । दुवै जना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको बताइएको छ । रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावलसहित समूहका चार जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट पक्राउ गरिएको छ ।

 

त्यस्तै, दैलेखको आठबीस नगरपालिका–६ का उदय विक, मुगुको सोरु गाउँपालिका–६ निवासी जिल्ला सेक्रेटरी रामबहादुर भाम ‘उदय’, जुम्लाको हिमा गाउँपालिका–७ निवासी जिल्ला सदस्य नन्द तिवारी र सोही गाउँपालिकाकी सपना बुढा पक्राउ परेका छन् । जुम्लाको गोठीचौर गाउँपालिका–१ का सूर्य महतारा, सल्यान बागचौर नगरपालिका–४ का मोहन केसी र सोही नगरपालिका–२ का सेजन चन्द पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस