• २०८१ पुष २८ गते आइतवार

दाङमा  एम्बुलेन्स दुर्घटना हुँदा ४ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विहीवार विहान रा १ च ३४८ नम्वरको एम्बुलेन्स दुर्घटनामा हुदा चालक दंगिशरण गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ४४ वर्षीय पुष्पा पुन मगर घाइते भएका हुन ।

 

उनीहरु दुबै जनालाई उपचारका लागि बाँकस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।पुष्पाका पति लोकबहादुर पुनलाई रक्तचापको समस्या बढेपछि उपचारका लागि उनीहरू बाँके लगेर गएका थिए । उनको मृत्यु भएपछि नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गर्दा एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्राई खोलामा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो।

प्रतिक्रिया दिनुहोस