साउन २९, काठमाडौँ । आज उपत्यकामा हुर्ने कार्यक्रमहरू
१.उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितीले बालाजुमा भएको गैर न्यायिक सडक बिस्तारको बिरुद्ध रिले अनसन बस्ने ।
स्थान :- बालाजु ।
समय :- ८:०० बजे ।
२.विद्यायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- १३:०० बजे ।
३.नेपाल विद्यार्थी संघले विद्यार्थी नेताहरुको गिरफ्तारी र पेश गरिएका झुटा मुद्दा विरुद्ध त्रिभुवन विश्वविधालय उपकुलपतिको कार्यालयमा विरोध प्रदर्शनमा गर्ने ।
स्थान :- त्रिभुवन विश्वविधालय उपकुलपतिको कार्यालय,कीर्तिपुर ।
समय :- १३:०० बजे ।
४.स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान :- सानोठिमी क्याम्पस ।
समय :- २०७७/०४/७ गते देखि जारी ।
५.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
६.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।