• २०८१ माघ ८ गते मङ्गलवार

आजको मौसम : देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २९, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ । जसका प्रभावले हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ।

विभागका अनुसार बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथैगण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएके छ । यस्तै राती देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको सातै प्रदेश १, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका १(२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस