असार २९, कैलाली । कैलालीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृ’त्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानी नयाँ बजार नजिकै मोटरसाईकल र अटो एक आपसमा ठोक्किदा दु’र्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाईकल चालक कञ्चनपुरको भिमदत्तनगरपालिकाका ४१ बर्षिय कुष्माकर जोशीको मृ’त्यु भएको छ । पुर्व बाट पश्चिम आईरहेको अटो र पश्चिमबाट पुर्व गईरहेको म २ प ७९७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घा’ईते भएका छन् । घा’ईते हुनेमा मोटरसाईकलमा सवार कञ्चनपुरको भिमदत्त नगरपालिकाका २ भाँसीका ४१ बर्षिय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका १ कौवाका ३५ बर्षिय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका ६ की ५० बर्षिय ढक्या चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिश्ररण भट्टले जानकारी दिए। घा’ईतेको घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।