• २०८१ माघ २६ गते शनिवार

पाकिस्तानमा निर्माणाधिन हिन्दु मन्दिर निर्माण कार्य रोकको विरोधमा प्रर्दशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २९, काठमाडौँ । राष्ट्रिय एकता अभियानले पाकिस्तानको इस्लामाबादमा निर्माणाधिन पहिलो एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न रोक लगाएको प्रति घोर भत्सर्ना गर्दै काठमाडौँमा रहेको पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ। अभियानले दूतावास अगाडि एक विरोध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएको हस्तक्षेपको भत्सर्ना गरेको हो।

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले आपत्ति जनाएको हो। अभियानका संयोजक विनय कुमारको नेतृत्वमा निकाएको विरोध र्‍यालीमा सहभागीहरूले हिन्दुमाथिको दमन बन्द गर, इस्लामाबादमा मन्दिर र गुम्बा बन्नै पर्छ, इमरान खान होस गर जस्ता नारा लगाएका थिए।

No description available.

संयोजक कुमारले भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँको सरकारले दमन गरिरहेको छ।, हिन्दु मन्दिर तथा बौद्द गुम्बा बनाउन नदिनु अर्को ठुलो अपराध त्यहाँको सरकारले गरिरहेको छ।’ पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग ९पीएमएल(क्यू० ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको हो ।

No description available.
इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत(आई(मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा हालेको थियो । इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दु मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो।

No description available.

उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्‍चित भइ नसकेको बताएका छन् । यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।

पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दु समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दु पञ्‍चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो । हिजैमात्र राष्ट्रिय एकता अभियानको सुनसरीमा प्रर्दशन कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस