• २०८१ जेष्ठ ५ गते शनिवार

लागु औषध मुद्वा मिलाई दिन भन्दै घुस रकम दिन खोज्ने दुई जना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार २९, दाङ । लागु औषध ब्राउन सुगर मुद्धामा प्रहरीको नियन्त्रणमा रहेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्वा मिलाई दिन भन्दै एक लाख ५० हजार रुपैयाँ घुस रकम दिन खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई उनकै कार्य कक्षमा भेट गरी खत्रीको लागु औषध मुद्धा मिलाई दिन भन्दै जवरजस्ती रकम दिन खोजेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाल

पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १८ सुपैलाखुटीका २७ बर्षिय गोविन्द शाह र प्युठान स्वर्गद्धारी नगरपालिका ५ भिंग्री स्थायी ठेगाना भई हाल लमही नगरपालिका ५ लमही बजार बस्ने ३० बर्षिय समिर भण्डारी रहेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस