• २०८१ जेष्ठ १४ गते सोमवार

चुरे गाउपालिकामा ट्रक दुर्घटना हुदाँ एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, कैलाली । चुरे गाउपालिकामा ट्रक दुर्घटनामा हुदा एकजनाको मृ’त्यु भएको छ । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ मा गएराती १ बजेको समयमा धनगढीबाट बझाङ जादै गरेको से १ ख १७३१ नम्बरको सरिया सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृ’त्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दुर्घटनामा परी गम्भीर घा’ईते भएका बझाङको बुङगल नगरपालिका २ का अन्दाजी ५० वर्षीय रामबहादुर बोहरालाई उपचारको लागि सेती अस्पताल ल्याउँदै गर्दा मृ’त्यु भएको उनले बताएका छन । यस्तै दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ५० वर्षीय नारदसिह धामी घा’ईते भएका छन्। ट्रक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस