जेठ ३१, बाजुरा । बाजुरामा आरडिटी पोजेटिभ देखिएकी किशोरीले कोरोना ठिक हुन्छ भन्दै गुर्जो खाएपछि विरामी भएकी छन् । जेष्ठ १४ गते भारतबाट फर्किएर बुढिगंगा नगरपालिका वडा नम्बर २ स्थित बसन्त बालमन्त्री आधारभुत विद्यालयको क्वारेन्टिनमा बसिरहेकी १८ वर्षीया विवाहित किशोरी विरामी भएसंगै गर्भ खेर गएको जनाएको छ ।
वडा नम्बर २ को आधारभुत स्वास्थ्य केन्द्रकी इन्चार्ज अहेव आशा थापाले हिजो साँझ गुर्जो खाएपछि पाँच महिनाकी गर्भवती किशोरीमा रक्तश्रावको समस्या देखिएको जानकारी दिनुभएको छ । किशोरीको रक्तश्राव नराकिएपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाईएको अहेव थापाले बताउनु भयो । किशोरीको अवस्था जटिल भएपछी जिल्ला अस्पताल बाजुराका प्रसुती कक्षमा उपचार भई अहिले अवस्था सामान्य रहेका जिल्ला अस्पताल बाजुराले जनाएको छ । साथै उतm महिलाको आरडिटी पोजेटिभ आएको र पिसिआर रिर्पोट नआएकाले महिलाको उपचारमा संग्लन चिकित्सक र स्वास्थ्यकर्मी सोही क्वारेन्टाइनमा पठाइएको अस्पताले जनाएको छ ।
अहिले सामाजिक सञ्जाल फेसबुकमा गुर्जो खाएमा कोरोना नलाग्ने अफबाह फैलाउदै सेवन गर्ने क्रम पनि बढिरहेको छ। तर गुर्जो कस्तो व्यक्तिले खाने ? त्यसको मात्रा के कती हुने ? भन्ने विषयमा कुनै अनुसन्धान नभएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनु भएको छ ।